विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर

marrige bihe

काठमाडौं, ३ असोज । पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ ।

त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् ।

अस्वाभाविक उमेर अन्तरः

–२६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग
–२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग
–३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग
–३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग
–५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग
–२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग

०७५ भदौमा मुलुकी देवानी संहिता लागू भएपछि जिल्ला अदालतमा विवाह दर्ता हुन थालेकोे हो । त्यसअघि विवाह दर्ता सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा हुने गथ्र्यो । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।