१२ वर्षीय बालिकाको बिहे ३१ वर्षीय युवासँग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

१२ वर्षीय बालिकाको बिहे ३१ वर्षीय युवासँग

raute

काठमाडौं, १३ फागुन । सुर्खेत लेकबेँसी नगरपालिका स्थित भेरी नदी किनारमा बस्दै आएकी राउटे समुदायकी मयाराम शाही १२ वर्षीय भइन् । आफ्नो स्याहार आफै गर्न सक्ने अवस्था नभएकी उनको गत साता आफू भन्दा २० वर्ष जेठा दलबहादुर शाहीसँग विवाह भयो । राउटे बस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिइन् ।

यी दुई मात्र होइन, एक साता अवधिमा राउटे बस्तीका पाँच बालिकाको विवाह भएको छ । उनीहरुले विवाह गरेका अधिकांश पुरुषको उमेरमा धेरै अन्तर छ । राउटे बस्तीमा यी सबै विवाह राति गरिएका हुन् । तर, पाँचै जना बालिकाले आफ्नो विवाह भएको बारे थाहा नभएको बताए । विवाह गरेका सबै १३ देखि १५ वर्षसम्म छन् ।

दलबहादुरको मयाराम सँग भएको यो दोस्रो बिहे हो । पहिलेकी पत्नीको मृत्यु भएपछि उनले मयाराम सित बिहे गरेका हुन् । दलबहादुरका दुई सन्तान छन् । तर, मायारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको थाहा छैन । ‘उसले अझै पनि म उसको श्रीमान् हो भन्ने थाहा पाउँदिन्,’ दलबहादुरले भने, ‘सानै छे उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे भन्ने विश्वासमा छु ।’ यो समाचार कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);