आयातमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आयातमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग

tarkari

काठमाडौं, १३ फागुन । आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ । वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ । विषादी प्रयोगको अवस्थाबारे प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रले दुई वर्ष लगाएर अध्ययन गरेको थियो ।

अध्ययनअनुसार बालीनालीमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग हुन्छ । तरकारीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुन्छ । कुल विषादीको ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए । सरकारले पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता भन्ने नारासहित फागुन ६ देखि आइतबारसम्म विषादी प्रयोगमुक्त सप्ताह विभिन्न कार्यक्रम गरी मनाएको छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य गर्नुपर्ने भन्दै साताव्यापी कार्यक्रमलाई देशभर मनाउँदै आइतबार समापन गरेको छ । यो समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);