रौतहटमा गोली हानी युवतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रौतहटमा गोली हानी युवतीको हत्या

goli

रौतहट, २७ कार्तिक । रौतहटमा गोली हानी एक युवतीको हत्या भएको छ । जिल्लाको माधव नारायण नगरपालिका-५ लौकाहा टोलमा राति ११ बजे घरमा सुतिरहेको अबस्थामा १८ बर्षिया अमृता कुमारी साहको गोलीहानी हत्या गरीएको हो ।

मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिहानै पुगेका छन् ।

राम अयोध्या साहकी छोरी अमृताको हत्या भएको र अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको सुक्ष्मरुपमा अनुशन्धान भैरहेकोले दोषी चाडो भन्दा चाडो पक्राउ पर्ने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताउनुभयो ।

गएको २०७६ फागुनमा सर्लाही जिल्लामा विवाह भएपनि पछिल्लो समय अमृता माइतमा नै बस्दै आएकी थिइन । उनको सर्लाही मधुवनगोठका रुपेश साह संग विवाह भएको थियो । विवाह भएको केही समयपछि देखी नै माइतमा बस्दै आएको बताइएको छ ।

मृतक युवतीका श्रीमानलाई पनि अपरचित व्यक्तिहरुले गएको वैशाखमा चक्कु प्रहार गरी घाइते बनाएका थिए । महिनौको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);