मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

कैलाली, २७ कार्तिक । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा गएराति ८ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया ती महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिनुभयो । महिलाको शव भने टीकापुर अस्पतालमै रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);