ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु एक घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु एक घाइते

motercycle durghatana

सर्लाही, २३ माघ । सर्लाहीमा ट्याक्टर र मोटरसाईकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्लाको गोडैता नगरपालिका वडा न (१ बहादुरपुर स्थित नेपाल भारत सिमा(बोर्डर)नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको BR30 R 7154 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको BR30 GA 0796 नम्बरको ट्याक्टर बिहिवार साँझ एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बरहथवा नगरपालिका वडा न(१३ बिन्वाटोल बस्ने स्थानीय रामप्रवेश रायकी ४९ वर्षीया श्रीमती इन्द्रासन देवी यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी निरिक्षक दिपक चोरवारका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक बिन्वाटोलका २३ वर्षीय रुपेश राय र मोटरसाइकल पछाडी सवार महिलालाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउने क्रममा महिलाको बाटोमै मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल ,ट्याक्टर र ट्याक्टरका चालक इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा राखिएको प्रहरी प्रवक्ता चोरवारले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);