कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा गएराती दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गड्डाबाट सुकासालतर्फ जाँदै गरेको म २ प ८०२४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको म २ प २७६ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ८०२४ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका–१० का ३८ वर्षीय बिरेन्द्र चन्दको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अर्को मोटरसाइकलका चालकलाई थप उपचारका लागी धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय गड्डााचौकीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);