नवलपरासीमा दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नवलपरासीमा दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

नवलपरासी, ५ जेठ । पश्चिम नवलपरासीको बर्दघाटमा तीव्र गतिमा रहेका दुई मोटरसाइकल आपसमा ठोक्किए तीनजनाको घट्नास्थलमै मृत्यु भएको छ । एकजना घाइते भएका छन् । शनिबार बर्दघाट बजारमा दुई मोटरसाइकल आपसामा ठोक्किएका हुन्।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाईकल र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु १० प ४४३५ नम्बरको मोटरसाईकल सशस्त्र प्रहरी सिमा सुरक्षा तालिम विद्यालय नजीकै एक आपसमा ठोक्किएर २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने १ जनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि बर्दघाट नगरपालिका १६ का अजितसिंह ठकुरी, सन्तोष न्यौपाने र बर्दघाट नगरपालिका –१४ का आशिष जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बर्दघाट नगरपालिका १४ का दीपेन्द्र जिसीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);