सांसदले पाउँदै आएको रकम कटौति गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सांसदले पाउँदै आएको रकम कटौति गर्ने तयारी

sadan

काठमाडौं, ५ जेठ । सरकारले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत सांसदहरुले पाउँदै आएको रकम कटौति गर्ने तयारी गरेको छ ।

पार्टी एकिकरण पछि शनिबार संघीय संसद भवन नयाँ वानेश्वरमा बसेको पहिलो संसदीय दलको एकिकृत बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसद विकास कोष र निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकम कटौति हुने संकेत गरेका छन् ।

विकासका कार्यक्रमका मोडालिटीको टुंगो नलागिसकेकाले सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको रकमलाई लिएर अनावश्यक उत्तेजनामा नआउन उनले सांसदहरुलाई निर्देशन दिए । उनले भने ‘निर्णय तहमा पुगि नसकेका विषयमा अनावश्यक महत्व दिएर अनावश्यक सेन्टिमेण्टल नहुन आग्रह गर्दछु ।’

सरकारले यसअघि निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम अन्र्तगत हरेक निर्वाचन क्षेत्रले पाउने ३ करोड र प्रत्येक सांसदले सांसद विकास कोष मार्फत पाउने ५० लाख रुपैयाँलाई अर्को व्यवस्था नहुन्जेल रोकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);