नेपाली कांग्रेस उम्मेदवारका छोराको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रौतहट, ९ असोज । रौतहटमा एकजनाको गोली हानी हत्या भएको छ। रौतहटको परोहा नगरपालिका २ स्थित गजिँगडवा बेलविछवामा स्थानीय २५ बर्षीय अबु सयब अकबरको घरमै गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

अकबर परोहा नगरपालिकाको वडा नम्बर २ मा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार मौलाना शेराजुद्धिनका छोरा हुन। उनलाई माओवादी उम्मेदवारले पराजित गरेका थिए।

छातीमा गोली लागि गम्भीर घाइते भएका अकबरको उपचारका लाागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);