ठेकेदारले गरे अर्का ठेकेदारलाई गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

ठेकेदारले गरे अर्का ठेकेदारलाई गोली हानी हत्या

dhanusha goli kanda

धनुषा, ६ कात्तिक । जनकपुरधाममा गोली प्रहार गरेर एक जनाको हत्या गरिएको छ । बुधबार बिहान करीब ९ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मुजेलियाका पंकज चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर १ बस्ने व्यवसायी मनोज साहको मृत्यु भएको हो ।

मनोजसँग पंकजले ऋण लिएकाले त्यही ताकेता गर्न जाँदा गोली हानी हत्या गरेका हुन् । गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । गोली प्रहार गरेका चौधरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका चौधरीको साथ बाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरिएको छ ।