साना हतियारको जगजगीः प्रहरी भन्छ-आधा लाखसम्म पर्ने रिभल्वर काठमाडौंमा सजिलै पाइन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

साना हतियारको जगजगीः प्रहरी भन्छ-आधा लाखसम्म पर्ने रिभल्वर काठमाडौंमा सजिलै पाइन्छ

काठमाडौँ, ८ कार्तिक । दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ। प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटना मात्रै हुन्। सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन्।

२३ असोज : एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ
२३ असोज : निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या
३ कात्तिक : एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित चार पक्राउ
५ कात्तिक : एक थान रिभल्वर र दुई गोलीसहित चार पक्राउ

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४/७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन्। परिसरका अनुसार बरामद अधिकांश हतियारमा पेस्तोल र रिभल्वर छन् । फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गरेको खुलाउँछ।

५ कात्तिकमा काठमाडौं नब्युभिँmदै प्रहरीको निद्रा खराब भयो । रानीबारी निवासी कल्याण गुरुङमाथि लैनचौरमा करिब पौने चार बजे गोली प्रहार भयो। ठमेलको सीएनआई क्लबबाट स्कुटीमा निस्केका गुरुङको घुँडामुनि गोली लागेको थियो। प्रहरी अनुसन्धानबाट थाहा भयो, गोलीकाण्डको निहुँ थिए– दुई युवती।

सीएनआई क्लबबाट दुई युवतीसहित कारमा निस्केका एक युवकलाई गुरुङसहितको तीनवटा स्कुटीमा सवार ६ युवाले पछ्याएपछि उक्त घटना भएको थियो। गाडीमा सवार सविना क्षत्रीले आफूलाई केटाहरूले पछ्याएको बताएपछि गाडी चालकले गुरुङमाथि गोली प्रहार गरेका थिए।

त्यसै दिन प्रहरीले कालीमाटीबाट एक थान रिभल्वर र त्यसको गोलीसहित चार जनालाई पक्राउ गरेको थियो ।प्रहरी भन्छ– केही हजार मूल्यमा पाइने होममेड कटुवादेखि आधा लाखसम्म पर्ने रिभल्वर काठमाडौंमा सजिलै पाइन्छ, यो आजको कान्तिपुरमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);