प्रचण्डको क्षेत्रमा बाम र लोकतान्त्रिक मध्य को अगाडि ? यस्तो छ बिगतको नतिजा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ८ कार्तिक । आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी दिने भएपछि देशभर चर्चा छ । गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको मत कांग्रेस–राप्रपा गठबन्धनको भन्दा आठ हजार बढी छ।

यस क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाको मेयर र उपमेयरका लागि कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । भरतपुर महागनरका १९ वडाका वडाध्यक्षमा दुवै पार्टी प्रतिस्पर्धी थिए । ती वडाका अध्यक्षका उम्मेदवार र माडी नगरपालिकाका वडाध्यक्ष उम्मेदवारको मत विश्लेषण गर्दा वाम गठबन्धन अगाडि देखिएको हो ।

माडी क्षेत्रबाट दोस्रो संविधानसभामा विजयी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे कांग्रेससँग मिलेर प्रचण्डविरुद्ध निर्वाचन लड्दैछन् । कांग्रेसले साथ दिने भएपछि उनलाई पनि बलियो उम्मेदवार मानिएको छ ।

वाम गठबन्धनको मत
क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरका १९ वटा वडामा एमालेले कुल २१ हजार पाँच सय ३९ मत पाएको छ । त्यस्तै, माडी नगरपालिकामा चार हजार दुई सय ३८ मत ल्याएको छ । यस क्षेत्रमा एमालेको कुल मत २५ हजार सात सय ७७ छ ।

त्यस्तै, भरतपुरमा माओवादीका वडाध्यक्ष उम्मेदवारले १४ हजार तीन सय ६४ र माडी नगरपालिकामा तीन जहार सात सय ६६ मत पाए । उसको जम्मा मत १८ हजार एक सय ३० छ । यस क्षेत्रमा वाम गठबन्धनले पाएको जम्मा मत ४३ हजार नौ सय सात छ ।

लोकतान्त्रिक गठबन्धनको मत
क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरका १९ वटा वडामा नेपाली कांग्रेसका वडाध्यक्षहरूले प्राप्त गरेको कुल मत २३ हजार चार सय ८७ छ । माडी नगरपालिकामा कांग्रेसको वडाध्यक्षले तीन हजार चार सय ३६ मत प्राप्त गरेका छन्। दुवै गरी कांग्रेसको कुल मत २६ हजार नौ सय २३ छ।

लोकतान्त्रिक गठबन्धनकै राप्रपाका वडाध्यक्षले भरतपुर महानगरका १९ वटा वडामा पाँच हजार दुई सय ३८ छ। माडीमा राप्रपाका वडाध्यक्षले कुल तीन हजार एक सय १४ मत ल्याएका छन्। राप्रपाको कुल मत आठ हजार तीन सय ५२ छ। कांग्रेस र राप्रपाको कुल मत ३५ हजार दुई सय ७५ छ। यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको भन्दा वाम गठबन्धनले आठ हजार ६ सय ३२ मत बढी पाएको छ।

वडामा एमाले बलियो
क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका २८ वटा वडा छन्। जसमा एमालेका १२ वडाध्यक्ष विजयी भएका छन्। माओवादीले ६ वटा वडा जितेको छ। त्यस्तै, कांग्रेसको १० वटा वडा जित्दा राप्रपाले कुनैमा पनि जित हासिल गर्न सकेन। आजको नयाँपत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);