दशकदेखि खानेपानी ट्याङ्की अलपत्रमा, बासिन्दा समस्या झेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दशकदेखि खानेपानी ट्याङ्की अलपत्रमा, बासिन्दा समस्या झेल्दै

sunsari gau palika

सुनसरी, ६ कात्तिक । एक दशक अघि निर्माण भएको खानेपानीको ट्याङ्की सञ्चालनमा ल्याउन कुनै पनि निकायले पहल नगर्दा सुनसरी देवानगन्ज गाउँपालिकाका जनताहरु लामो समयदेखि खानेपानी समस्या झेल्दै आईरहेका छन् । करोडौंको लगानीमा निर्माण भएको खानेपानीको ट्याङ्की संचालनमा नआएपछि ट्याङ्की हेर्न र दुषित खानेपानी पिएर स्वास्थ्य बिगार्न बाध्य भएको स्थानीयको गुनासो छ ।

सुनसरीको देवानगंज गाउँपालिका–२ का स्थानीयहरु स्वच्छ खानेपानीको अभावमा दुषित पानी पिउन बाध्य छन् । दुषित पानीको प्रयोगले सर्वसाधारणहरुको स्वास्थ्यमा नकरात्मक प्रभाव परिरहेको छ । सर्वसाधारणलाई स्वच्छ पानी प्रदान गर्ने उद्देश्यले विं.सं २०६६ सालमा तत्कालीन सरकारले करोडौँ रुपैँयाको लगानीमा खानेपानी ट्याङ्कीको निर्माण गरेको थियो । तर त्यो ट्याङकी अझै पनि सञ्चालनमा आउन नसक्दा दुषित पानी पिउनुको विकल्प उनीहरुमा छैन । ट्याङ्की निर्माणसंगै स्वच्छ खानेपानी खाने आशा राखेका सर्वसाधारणहरु लामो समयपछि पनि ट्याङ्की सञ्चालनमा आउन नसक्दा आक्रोशित बनेका छन् ।

ट्याङ्की सञ्चालनका लागि कुनै स्थानीय निकाय, खानेपानी संस्थान तथा डिभिजन कार्यालयहरु, प्रदेश तथा केन्द्र सरकारले कुनै चासो नदिएको स्थानीयको भनाई छ । देवानगंज गाउँपालिका–२ का वडा अध्यक्ष मजलुम मियाँ भने खानेपानी ट्याङकी सञ्चालनका लागि कुन संस्थामा गएर के भन्ने भन्ने कुरामा आफै अनभिज्ञ भएको बताउनु हुन्छ ।

त्यस्तै देवानगन्ज गाउँपालिकाका प्रमुख लाली प्रसाद मेहताले ट्याङ्की सञ्चालनमा आउने विषयमा अझै कुनै टुङ्गो नभएको तर मन्त्रालयबाट बजेट निकास भएमा आफुहरुले पूर्ण सहकार्य गर्ने बताउनु भयो ।

खानेपानी जनताको आधाभुत अधिकार हो । तर स्वच्छ खानेपानीको अभावमा देशका अधिकांश स्थानका जनताहरु दुषित खानेपानीको उपयोग गर्न बाध्य छन् । यसरी स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले निर्माण भएका पूर्वाधारहरु पनि सञ्चालनमा नआउनाले सर्वसाधारणहरुले दुषित पानी पिउन बाध्य हुनु लज्जास्पद हो । कुनै नयाँ परियोजनाहरु ल्याउन नसकिएपनि निमांण सम्पन्न भइसकेका पुर्वाधारहरुको संन्चालनका लागि ठोस पहल गर्नु आवश्यक छ ?

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);