प्रदेशसभाका पूर्वउम्मेदवारको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेशसभाका पूर्वउम्मेदवारको गोली हानी हत्या

kapilbastu-rajababu

काठमाडौं, ८ मंसिर । कपिलवस्तुमा प्रदेशसभाका पूर्वउम्मेदवारको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को हत्या भएको हो ।

राजा बाबु प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवारको रुपमा उठेका थिए । उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो ।

घाइते राजालाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्याउँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा गोलीका ३-४ वटा खोका भेटिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);