रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या

rohit pun dead

रोल्पा , २५ भदौ । रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ । आइतवार वेलुका रोल्पा जिल्लाको सुलिचौरमा पाण्डेश्वरी यातायात प्रालिको उद्घाटन गर्न पुगेका उनको गोली हानी हत्या गरिएको थियो ।

उनलाई देवबहादुर घर्तीले गोली हानेका थिए । गोली हानेपछि देवबहादुरले प्रहरीसँग आत्मसमर्पण गरेका छन् । देव नेपाल कम्युनिष्ट पार्टि निकट रहेको प्रहरीले जानकारी दिएको छ । गोली हान्ने व्यक्ति प्रहरी नियन्त्रणमा रहेको रोल्पा प्रहरीले बताएको छ ।

तरुण अध्यक्ष रोहितलाई सुलिचौरमा रहेको एक रेष्टुरेन्टमा गोली हानिएको थियो । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । यसैबीच नेपाली कांग्रेसले घटनाको विरोध गर्दै दोषीलाइ कारवाहीको माग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);