स्थानीय सरकारका आफ्नै पत्रकार: स्थानीय तहमा पत्रकारलाई जागिर | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

स्थानीय सरकारका आफ्नै पत्रकार: स्थानीय तहमा पत्रकारलाई जागिर

journalist

झापा, २५ भदौ । झापाको मेचीनगर नगर कार्यपालिका बैठकले स्थानीय एक पत्रकारलाई मासिक आठ हजार रुपैयाँ तलबसहित नगरपालिकाको प्रेस संयोजक नियुक्त गरेको छ।

नगरपालिकाको बजेटबाटै तलब दिनेगरी ती पत्रकारलाई संयोजक नियुक्त गरिएको छ। ती पत्रकरले नगरपालिकामा हाजिर गर्नुपर्नेछ। उनको मुख्य जिम्मेवारी नागरिकको विचार जनप्रतिनिधि र कर्मचारीसम्म पुर्‍याउनु पर्नेछ।

‘पत्रकारलाई स्थानीयस्तरको समस्याका विषयमा जानकारी हुने हुँदा काममा सहयोग पुगोस् भनेर जिम्मेवारी दिएका हौँ’,नगरप्रमुख विमल आचार्यले भने। सूचना अधिकारी हुँदाहुँदै प्रेस संयोजक आवश्यकता थियो र भन्ने प्रश्नमा आचार्यले करारमा कर्मचारी तोक्न पाउने प्रावधान टेकेर जिम्मेवारी दिएको बताए।, यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।