राजधानीको म्हैपीमा एकाबिहानै गोली चल्यो, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ५ कार्तिक । राजधानीको म्हैपीमा आइतबार बिहानै गोली चलेको छ। बिहान ४ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।

बिहान करिब ३ बजेर ५० मिनेटमा नचिनेका दुई जना मानिसले चलाएको गोली लागेर स्कुटरमा सवार काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका छन्। गुरुङको खुट्टामा गोली लागेको छ।

घाइतेको उपचार भइरहेको छ भने गोली हान्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। काठमाडौंको नयाँ वानेश्वरमा केही दिन अघि निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);