कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, दुई जना गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, दुई जना गम्भिर घाइते

काठमाडौं, २७ कार्तिक । काठमाडौंको कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

आज बिहान बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा ३ को मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);