सप्तरीमा ट्रकले साइकललाई ठक्कर दिँदा २ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सप्तरीमा ट्रकले साइकललाई ठक्कर दिँदा २ को मृत्यु

motercycle durghatana

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका-३ पोर्ताहा स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले साइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनि नगरपालिका-३ निवासी ४५ वर्षीय सत्यनारायण मंण्डल र सोहि साइकलमा पछाडी सवार उनकी श्रीमती ४० वर्षीय सुनिता देबि मंण्डल रहेका छन् ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ६ ख ३८६१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

मृतकको शव पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाईएको छ । ट्रक र ट्रक चालकलाई प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);