सुनसरीमा छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा २को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनसरी, ३ कार्तिक । सुनसरीमा बिहीबार राति गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०७ जी ८११५ नंको ट्रकले साइकललाई ठक्कर दिदाँ अन्दाजी ५० वर्षीय महमद मुस्ताक मियाँको मृत्यु भएको हो । उनको अस्पतालमा उपचारको त्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, सुनसरीको रामधुनी नगरपालिका–२ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार राति एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा नगरपालिका–८ का मुकेश चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत तित्रीवनमा रोकेर राखेको ना ५ ख ५११ नंको ट्रकमा इनरुवाबाट इटहरीतर्फ जाँदै गरेको को ३१ प ६८०९ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटर साइकलमा सवार इनरुवा–८ का मुकेश चौधरी र विपुल चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा मोटरसाइकल चालक मुकेशको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते विपुलको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । ट्रक र चालक सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);