सिरहामा ट्रकमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिरहामा ट्रकमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु

accident

लहान, १६ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक छेउमा रोकिएको ना १ क ७४०२ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २८ प ४८३७ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक राजकिशोर जैसवालको मृत्यु भएको हो । उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सरोजकुमार चौधरी गम्भीर घाइते भएको र उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);