काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको छ ।

उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

अब जेठ १३ गते रातिसम्म निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो ।

त्यस्तै काठमाडौं उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका छन् । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाभित्र दैनिक ४ हजार भन्दा बढी संक्रमित थपिइरहेका छन् ।

सुरक्षा निकायले तरकारी किन्ने समयमा भिडभाड बढेकाले यसमा पनि थप कडाई गर्नुपर्ने सुझाव दिएको थियो । काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको हो । वैशाख २१ गते थप सात दिने निषेधाज्ञा जारी गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);