काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा

kathmandu-lockdown

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ ।

सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ संक्रमणदर व्यापक रुपमा बढेकाले जोखिम कम गर्न वैशाख १६ देखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । अहिले देशभर थपिएका संक्रमितमध्ये आधा बढी काठमाडौं उपत्यकाका मात्र हुने गरेका छन् । बैठकका सबै निर्णय केहीबेरमा सार्वजनिक गर्ने तयारी छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय बढी संक्रमित भएका ठूला शहर र २ सय बढी सक्रिय संक्रमित भएका गाउँमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिनुपर्ने सिफारिस गरेको थियो । देशभरका सबै तहका पूर्वनिर्धारित परीक्षा अर्को आदेश जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय पनि सीसीएमसीले गरेको थियो सीसीएमसीले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभइ भर्चुअल रुपमा पठन–पाठन गर्न–गराउन समेत निर्देशन दिएको छ ।

कोभिड जोखिम बढेपछि देशका विभिन्न स्थानीय तहले कडाइ गर्न थालेका छन् । बाँके र बर्दियामा लकडाउन घोषणा भएको छ । सुर्खेतमा मंगलबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको छ । हेटौंडामा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे छलफल गर्न आज साँझ मन्त्रिपरिषद् बैठक पनि बस्दै छ ।

आइएनए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);