रोकी राखेको बसलाई ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

रोकी राखेको बसलाई ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु

rautahat

रौतहट, २८ जेठ । रौतहटमा रोकी राखेको बसलाई ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुईजना भारतीय नागरीकको मृत्यु भएको छ भने दुर्घटनामा परी दुई २१ यात्रु घाइते भएका छन् ।

जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको तीर्थयात्री सवार बस मंगलपुर नजिक रोकेर राखेको अवस्थामा सोही दिशाबाट आएको को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । ठक्करबाट भारतको उपरासाही नेयर खण्डाला मन्दिर जगामारा भुवनेश्वर खोडदाहा उडिसाका ५४ वर्षीय चरण विश्वाल र ५३ वर्षीय विजयकुमार जेनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

जनकपुर मन्दिर दर्शनका लागि हिडेका उनीहरुलाई राजमार्गमा राती १ बजे शौच गर्ने क्रममा ट्रकले पछाडिबाट बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै फरार ट्रकचालक सुनसरी दुहवी–८ का रमेशकुमार चौधरीलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);