ट्रकले ठक्कर दिँदा स्कुटर चालकसहित दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ट्रकले ठक्कर दिँदा स्कुटर चालकसहित दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी-१७ लायन्स चौकमा बुधबार राति ट्रकले स्कुटरलाई ठक्कर दिएकाे हाे ।

ना६ख५६८१ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । यद्यपि उनीहरु स्कुटर चालक र सवार व्यक्ति हुन् ।

ठक्करबाट गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लाँदै गर्दा बाटाेमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।

ठक्कर दिने ट्रक र चालक मकवानपुरको हेटौँडा ९ का ३१ वर्षीय अर्जुन गिरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);