पलाञ्चोक माविको पक्कि भवन उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पलाञ्चोक माविको पक्कि भवन उद्घाटन

काभ्रे । पाँचखाल नगरपालिकाको सहयोगमा निर्माण भएको पलाञ्चोक मावि ८ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको पक्कि भवनको एक कार्यक्रमका विच पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले विद्यालयको पक्कि भवनको उद्घाटन गरेका छन् ।

पाँचखाल नगरपालिकाको आव ०७६०७७ मा ५० लाख तथा ०७७ ०७८ मा १८ लाग गरी ६८ लाख आर्थिक सहयोगमा निर्माण भएको भवन भुकम्प प्रतिरोधि र बालमैत्री छ ।

भवन उद्घाटन गर्दै नगरप्रमुख महेश खरेलले विद्यालय भवन राम्रोे बनेको जस्तै शिक्षालाई पनि गुणस्तरीय बनाउनुपर्ने बताए । ‘भवन राम्रो बनेको छ, अब पढाईलाई गुणस्तरीय बनाउन शिक्षक शिक्षिका तथा अभिभावकहरुको फोकस हुनु आवश्यक छ ।’

कार्यक्रममा पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले भवन पक्कि बनेपछि विद्यार्थीहरुको पढाईलाई सहज भएको बताए । विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष राजाराम पौडेल, विद्यालयका प्रअ वेखबहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नगरप्रमुख खरेलले कार्यक्रममा विद्यालय हातामा निर्माण भएको सरस्वतीको मुर्ति समेत अनावबरण गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);