बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दियो, दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दियो, दुई जनाको मृत्यु

काठमाडौं। काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बसुन्धरामा बुधबार ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। पोखराका बेलबहादुर रानामगर र कल्पना रानामगरको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल लगिएकामा ज्यान गएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार  ट्रक चालक चितवनका राम हमाल पक्राउ परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);