भारतमा ट्रकको ठक्करबाट बसमा सवार १८ जना यात्रुको मृत्यु, २५ घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतमा ट्रकको ठक्करबाट बसमा सवार १८ जना यात्रुको मृत्यु, २५ घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशमा यात्रुवाहक बसलाई ट्रकले ठक्कर दिँदा १८ यात्रुको मृत्यु भएको छ भने २५ घाइते भएका छन् ।

मंगलबार राति रोकिराखेको लखनऊ–अयोध्या हाइवेअन्तर्गत बाराबांकी जिल्लाको कल्याणी पुलमा रोकिएको यात्रुवाहक बसलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको हो ।

हरियाणाबाट विहारतर्फ जादैं गरेको उक्त बस बिग्रिएर सडकमा रोकिराखेको अवस्थामा ट्रकले ठक्कर दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा अधिकांश यात्रुहरू बसभित्र सुतेका थिए भने केही बाहिर निस्किएका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);