बाग्लुङमा निर्माणधीन जनजाति संग्राहलय ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाग्लुङमा निर्माणधीन जनजाति संग्राहलय ओझेलमा

baglung

बागलुङ,२६ असार । लामो समयदेखि बेवास्तामा परेको बाग्लुङ नगरमा निर्माणधीन जनजाति संग्राहलय ओझेलमा परेको छ । जिम्मेवार निकायको बेवास्ताका कारण ध्यान नपुग्दा बाग्लुङ सदरमुकाममा निर्माण भइरहेको करोडौंको भौतिक संरचना अलपत्र परेको छ । ७ वर्षअघि निर्माण कार्य सुरू भएको बाग्लुङको जनजाति संग्राहालयको लागि आवश्यक बजेटको अभावमा वषैाँदेखि अलपत्र परेको हो ।

हालको बागलुङ नगरपालिका १ बाग्लुङ बनाउन सुरु भएको हो । तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा संग्राहलय निर्माण सुरु भएपनि अलपत्र छ । जनजाति समन्वय समितिले जनजाति संग्रहालय बनाउने भनी निर्माण गरेको भवन पहिलो तला ढलान भएको छ।

संग्राहलय निर्माण रोकिएको वर्षाै बित्दा समेत अलपत्र छ । रामरेखा सामुदायिक वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जमिनमा निर्माण भएको भवन रकम अभावका कारण अलपत्र परेको हो । जनजातिको पहिचान हुने र सबै खालको संस्कृति झल्किने सामाग्री राख्ने उदेश्यले ७ वर्ष अघि निर्माण सुरु गरिएको छ ।

तत्कालिन जिल्ला विकास समितिको ३४ प्रतिशत, वन उपभोक्ता समितिको ३३ प्रतिशत र जनजाति जिल्ला समन्वय समितिको ३३ प्रतिशत स्वामित्व रहने सहमतिमा संग्राहलय निर्माण थालिएको हो । तर तीनै संस्थाबीच समन्वय हुन नसक्दा भवन त्यसै अलपत्र अवस्थामा छ । तर, पछिल्लो समय बागलुङ नगरपालिका, वन उपभोक्ता समिति र नेपाल मगर संघबीच बागलुङ संग्राहलय नामकरण गर्ने सहमति भएको छ ।

भवन निर्माण गर्न भनेर चालु आर्थिक वर्षको लागि प्रदेश सरकारले ६ लाख रकम बिनियोजन गरेको थियो । तर चालु आर्थिक वर्ष सकिन लाग्दा सम्म काम अघि बढ्न सकेको छैन । संग्राहलय मध्यपहाडी राजमार्गको प्रमुख प्रवेश नाकामै अवस्थित छ ।

नेपाल कै प्रमुख शक्तिपीठ मध्येको धार्मिक गन्तव्य कालिका भगवती मन्दिर गेट अगाडि रहेको अलपत्र संग्राहलय भवन वर्षै देखी अलपत्र छ । यद्यपी वर्षाै अलपत्र भवन सम्पन्न गर्न आर्थिक  वर्ष बाग्लुङ नगरपालिकाले बजेट लगानी गर्ने भएको छ ।

करिब १२ आना जमीनमा निर्माण थालिएको संग्राहलय भवन १ तला ढलान कार्य सम्पन्न भएको छ । तर, सबैले बेवास्ता गरेपछि निर्मााधीन भवन झाडीले घेरिएको छ । बागलुङ जिल्लाको पहिचान झल्कने विभिन्न जाति जनजातिका संस्कृतिहरुलाई  संग्राहलयमा राख्नको लागि भवन सम्पन्न गर्न अब सबैको पहलको खाँचो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);