पाल्पाको सडकहरु वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पाको सडकहरु वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे

 पाल्पा, २६ असार । पुराना शहर मध्यको एक सांस्कृतिक नगर भनेर चिनिने पाल्पाको तानसेनका सडकहरु वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेका छन् ।  स्थानीय सरकार मात्र नभइ प्रदेश सरकारको बेवास्ताका कारण नगर भित्रका र नगर प्रवेश गर्ने मुख्य सडक  दिनप्रतिदिन खण्डहरूमा परिणत हुदैँ गएका छन् ।

बुटवलदेखि पाल्पा हुँदै गुल्मी, बागलुङ्ग सडकखण्डमा लकडाउनको समयमा समेत दैनिक साना ठुला सवारीका साधनहरु गुडिरहेका छन् । तर, स्थानिय सरकारले समेत सामान्य मर्मत नगर्दा यस सडकमा सवारी दुर्घटनाको संभावना बढेको छ । तानसेन प्रवेश गर्ने र तानसेनबाट बाहिरीने सडक मर्मतकोलागि वर्षायाममा सडक चौडा गर्ने र सडक मर्मतकालागि डोजर व्यवसायीलाइ मात्र प्रवद्र्धन गरेको स्थानीयको भनाई छ ।

नगर भित्रका सडक वर्षादमा हिलाम्मे र हिउदमा धुलाम्मे हुँदा दुर्घटनाको उच्च जोखिम बढ्दा सम्म नगरपालिका भने मौन छ । यहि सडकको प्रयोग गरी विभिन्न मन्त्रीहरु समेत वर्षैदेखि यात्रा गरिरहेका छन्। तर, सडक स्तर उन्नती र मर्मतको विषयमा भने मौन छन् । पश्चिम गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग लगायत जिल्लाबाट तानसेन प्रवेश गर्ने मुख्य नाकाको सडक वर्षौँदेखि वर्षातमा हिलाम्मे र हिउँदमा धुुलाम्मे हुँदासम्म स्थानिय सरकार बेखबर बनेको स्थानियको गुनासाे छ ।

विगतमा पर्यटकीय गन्तव्यका रुपमा सरकारले तानसेन नगरलाइ समेत छनोट गरेको थियो ।आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने मुख्य नाका नै खण्डहरमा रुपान्तरित हुँदा तानसेन नगरप्रति आगन्तुकहरुमा नकारात्मक संदेश प्रवाह भइरहेको छ । मुलुकमा तीनै तहको सरकार छ । तर, सडक देख्दा जनतालाई सरकार भएको अनुभुती हुन सकेको छैन । यसका लागि तीन वटै सरकार जिम्मेवार बन्नु आवश्यक छ । अन्यथा सडक यात्राको जोखिम बढदै जाँदा सवारी दुर्घटना मात्र नभएर सडक किनाराका बस्ती समेत जोखिममा पर्ने देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);