हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे राजधानीका सडक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे राजधानीका सडक

sadak

अप्सरा लामिछाने
काठमाडौं, १६ बैशाख
। ।बर्षा सुरु भएसँगै काठमाडौं उपत्यकाका सडक हिलाम्य भएका छन् । जसका कारण राजधानी शहर काठमाडौंको यात्रा निकै कठिन भएको छ । बर्षै देखि हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे सडकका कारण राजधानीबासी आजित भएका छन् ।

काठमाडौं उपत्यकाबासीले धुलो धुवाँ र हिलाम्मले सडकका कारण सास्ती बेहोरेको बर्षै वित्यो । सरकार फेरीदै गए तर, राजधानी शहरको बाटोको अवस्था अझै फेरिन सकेको छैन । निर्वाचनका बेला स्मार्ट सिटीको कुरा गरिए पनि सडकमा भएका खाल्डाखुल्डीसमेत पुरिन सकेको छैन ।

बर्षा सुरु भएसँगै काठमाडौं उपत्यकाको यात्रा निकै कठिन बनेको छ । सडक हिँडिसक्नु छैन् जताततै भएका खाल्डामा पानी भरिएको छ भने, सडक धान रोप्न तयार पारिएको खेत जस्तै भएको छ । उपत्यकाको सडकको अवस्थाले राजधानी शहरलाई कुरुप मात्र बनाएको छैन दुर्घटनाको जोखिम पनि बढाएको छ । उपत्यकाको स्थलगत भ्रमण गर्दा लाग्छ, खाल्डा नभएका सडक नै छैनन् । जसले गर्दा राजधानी ‘डेथ सिटी’ मा परिणत हुँदै गएको सर्वसाधारणको टिप्पणी छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन दिएपनि अनुगमन र निरीक्षणबाहेक अन्य काम अघि बढ्न सकेन । सडक विस्तारको क्रममा खनिएका सडकको समयमै पुनर्निर्माण नुहुनु र जथाभाबि रुपमा निर्माण सामाग्री थुपार्दा झनै समस्या थपिएको छ ।

सडकको गति र सत्तामा बस्नेको मति नसुध्रिएसम्म उपत्यकाबासीले यस्तै सास्ती खेप्नुपर्नेछ । बर्षभरी टुलुटुलु हेरेर बस्ने अनि बजेट सक्नैका लागि आर्थिक बर्षको अन्त्यतिर विकासका काम गर्ने परिपाटीको अन्त्य नभएसम्म यस्ता समस्या समाधान नहुने निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);