आफ्नै बजेटमा सडक मर्मत गर्दै नगरपालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

आफ्नै बजेटमा सडक मर्मत गर्दै नगरपालिका

nagarjun nagarpalika sadak marmat

अप्सरा गौतम
काठमाडौं, २६ बैशाख
काठमाडौं उपत्यकाको नागार्जून नगरपालिका स्थित सीता पाइलादेखि भिमढुङ्गा सडक निकै अस्तब्यस्त छ । सडक विभाग र उपत्यका विकास प्राधिकरण मातहातमा सडक निर्माण सुरु भएको दुई वर्ष बितिसकेको छ । तर, कहिले मुअब्जा त कहिले ठेकेदारका कारण सडक मर्मतको काम अल्झिरहेको छ । तर, यतिबेला भने नगरपालिकाले आफ्नै बजेटमा सडकमा ग्रावेल हाल्ने काम गरेको छ । जसले गर्दा स्थानीयहरुलाई भने थोरै भएपनि राहत मिलेको छ ।

काठमाडौंको सितापाईलादेखि भिमढुङ्गासम्मको यो सडक हेर्दा लाग्छ, कुनै दुर्गम गाउँमा रहेको बाटो हो । बर्षामा हिलो तथा खाल्डाखुल्डी र हिउँदमा धुलोले कुइरिमण्डल देखिन्छ, यो सडक । यस्तो सास्ती सर्वसाधरणले बेहोरेको पनि दुई वर्ष भईसक्यो । त्यसअघि पक्की सडक झन् राम्रो र फराकिलो बनाउने बाहानामा भत्काइयो । तर, बनाउने बेलामा बखेडाबाजी गरेर अल्झाइएको छ । दुई वर्षमा तीन सरकार फेरिए । तर, हजारौँ मानिसले सास्ती झेल्नुपरेको यो सडकको अवस्था फेरिन सकेन ।

यो सडक निर्माणको काम राष्ट्रियस्तरमै भएकोले उपत्यका विकास प्राधिकरणले सडक बनाउन नसके आफुहरु बनाउन तयार रहे पनि एउटै टेण्डर परेको ठाउँमा नगरपालिकाले सडक निर्माणको जिम्मा लिन नमिल्ने भन्दै स्थानीयको आन्दोलनका बाबजुद पनि यसमा नगरपालिकाले केहि गर्न सकिरहेको छैन । यतिबेला भने नागार्जून नगरपालिका आफ्नै बजेटमा आफै सडक मर्मतका लागि अघि बढेको छ । सडकमा पिच गर्न नसकेपनि नगरपालिकाले ग्रावेल हाल्नेकाम सुरु गरेको छ ।

यो सडक निमार्णका लागि दुई वर्ष अघि टेण्डर परेर उपत्यका विकास प्राधिकरण अन्तरगत राष्ट्रियस्तरमै सडक निर्माणको काम सुरु भएको थियो । २०७५ श्रावण ११ गते ठेक्काको समयवधि पनि सकिएको छ । ठेकेदार कम्पनीले म्याद थप गर्छ तर काम सुरु गर्दैन । सुरुको समयमा एघार मिटर सडक फराकिलो बनाउने भनेर त्यस अनुसार निर्माण सुरु भएपनि कहिले मुअब्जा त कहिले ठेकेदारका कारण सडक मर्मतको काम अल्झिरहेको छ । तर, यतिबेला नगरपालिकाले सडक मर्मतमा केहि तदारुकता देखाएपछि त्यहाँका स्थानीय खुसी देखिएका छन् । नगरपालिकाले सडकमा ग्रावेल हाले पछि वर्षाको समयमा केहि राहात मिलेको स्थानीय बताउँछन ।

यसरी सितापाईला भिमढुङ्गा सडकजस्ता सडकहरु उपत्यका धेरै भेटिन्छ । तर, समृद्धिका कुरा गर्ने सरकार आँखा चिम्लिएर बसेको छ । कहिले ठेकेदारलाई त कहिले स्थानीयबासीलाई दोष दिएर सरकारले विकास निर्माणको काममा आलटाल गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);