रुपालीगाड साना जलविद्युत तीन वर्षदेखि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

रुपालीगाड साना जलविद्युत तीन वर्षदेखि बन्द

rupaligad jalbidhyut

बिमल जैरु
डडेल्धुरा, २६ बैशाख । केही वर्ष पहिलेसम्म डडेल्धुराको साविकको रुपाल गाविसलाई विद्युत आपुर्ति गर्दै आईरहेको एक सय किलोवाट क्षमता रहेको रुपालीगाड साना जलविद्युत केन्द्र विगत तीन वर्षदेखि बन्द अवस्थामा रहेको छ । विद्युत केन्द्र बन्द हुँदा पनि सरकारको कुनै ध्यान नगएको भनी स्थनीयले गुनासो गरेका छन् ।

डडेल्धुराको रुपाल गाविसलाई बिद्युत् आपुर्ति गर्दै आइरहेको रुपालीगाड साना जलविद्युत केन्द्र विगत केही वर्षबाट बन्द रहेको छ । करोडौँको लगानी रहेको जलविद्यत केन्द्र बन्द रहँदा पनि सरकारको ध्यान जान नसक्दा जलविद्यत केन्द्र अहिले अलपत्र परेको छ । नेपाल विद्युत प्राधिकरणले तीन दशक अघि स्थापना गरेको केन्द्र हाल वन्द अवस्थामा रहेको रुपाली गाड साना जलविद्युत केन्द्रबाट एक सय किलोवाट विद्युत उत्पादन हुने गरेको थियो ।

साविकको रुपाल गाविसलाई विद्युत आपुर्ति गर्दै आईरहेको यस विद्युत केन्द्रमा रहेका दुई वटा टरवाईन मध्ये एउटा विग्रिएको छ भने एउटा सुचारु अवस्थामा रहेको छ । विद्युत उत्पादन गर्न वन्द गरेपछि करोडौं मुल्यका सामग्री सहित कार्यालय भवनलाई अलपत्र अवस्थामा छोडिएको छ । भएका सामान विग्रदै गएपछि स्थानीयहरु अहिले गुनासो गर्न थालेका छन् ।

हालको भागेश्वर गाउँपालिका वडा नम्वर १ पनिउटमा रहेको रुपाली गाड साना जलविद्युत केन्द्रद्धारा विस्तार गरिएको विद्युत लाईनमा राष्ट्रिय प्रशारण लाईन जडान गरिएको छ । त्यसपछि रुपाली गाड साना जलविद्युत केन्द्रलाई वन्द गरिएको नेपाल विधुत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख ईश्वरी कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

सरोरकावाला निकायको वेवास्ताका कारण संचालनमा रहेको टरवाईनबाट समेत विद्युत उत्पादन नगर्दा एकातर्फ ५० किलोवाट विद्युत उत्पादन हुन सकेको छैन भने अर्कोतर्फ स्थानीय स्तरमा भईरहेको व्यापार व्यवसाय पनि वन्द भएकोमा स्थानीय वासीन्दा निराश बनेका छन् । जलविद्युत पुन सञ्चालनमा आए स्थानीयले रोजगारीको अवसर पाउने आशा गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);