बाढीले जलविद्युत केन्द्रमा क्षति गरेपछि मुगु विद्युतविहीन | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

बाढीले जलविद्युत केन्द्रमा क्षति गरेपछि मुगु विद्युतविहीन

काठमाडौं । असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुगेपछि कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ ।

गत १९–२५ असोजसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति गरेको छ । यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको छ ।

बाढीपहिरोले क्षति पुर्याएको नहरको पुनर्निर्माण र मर्मत गर्नुपर्ने छ । नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु गरिसकेको छ । चुनावअघि नै पुनर्निर्माण सम्पन्न गरी विद्युत आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

साथै, वैकल्पिक व्यवस्थामार्फत विद्युत आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘पुनर्निर्माणलाई तीव्रता दिने र तत्काल विद्युत आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत उत्पादनको प्रयास गरिरहेका छौं,’ उनले भने ।

भौगोलिक रूपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको छ । मुगुकमा विद्युत सेवा लिने ग्राहकको संख्या ३१०० छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);