जगन्नाथ गाउँपालिकामा बाढीपहिरोले साढे चार करोड भन्दा बढीको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जगन्नाथ गाउँपालिकामा बाढीपहिरोले साढे चार करोड भन्दा बढीको क्षति

बाजुरा । बेमौसमी वर्षासँगै जुड्डीखोलामा आएको बाढीपहिरोका कारण जगन्नाथ गाउँपालिकामा करोडाैंको नोक्सान भएको छ । अविरल वर्षाका कारण बाीिपहिरो जाँदा र गाउँपालिकाको तल पट्टी भएको कर्णाली नीि ने जमिन कटाउन गर्दा जगन्नाथमा करोडाैँको क्षति भएको छ ।

वर्षाले जगन्नाथ गाउँपालिकाको कामकाज हुदै आइरहेको कार्यलयसमेत बगाएको थियो । बाढीले गाउँपालिकामा चार करोड ५० लाखभन्दा  बढीको क्षति गरेको गाउँपालिका रोजगार संयोजक लक्षमण जोशीले बताए ।

बेमौसमी बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिनको सतह कटान गरेपछि गाउँपालिकाको कार्यलयमा पनि क्षति गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहिले बताए । गाउँपालिका कार्यालय बगाउनुका साथै कार्यालयका सामग्रीसमेत बगाएको अध्यक्ष साहिले वताएका छन् ।

२ कात्तिकमा अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बीचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका सात कोठा क्षतिग्रस्त बनेको छ । 

अस्पताल समेत बगाउदा कार्तिक १ गते बाट अस्पताल बाट दिने सेवा सबै बन्द भएको छ ।अस्पताल सञ्चालन गर्ने ठाँउ नभएपछि दुईसाता देखी उपचार सेवा बन्द रहेको गाउँपालिकाले जनाएको छ । उपचार सेवा बन्द भएपछि उपचारका लागि कोल्टि जानु परेको छ । गाउँपालिकाको कार्यलय पनि अहिले टिनको खोकामा सञ्चालन भइरहेको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशीले बताए ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);