मालुखोला बजारमा पहिरो, १५ भन्दा बढी घरमा क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मालुखोला बजारमा पहिरो, १५ भन्दा बढी घरमा क्षति

दोलखा । आइतबार राति अविरलबर्षसंगै आएको पहिरो र बाढीले मालुखोला बजारमा रहेका १५ भन्दा बढी घरहरुमा क्षति पुगेको छ । दोलखाको तामाकोसी गाउँपालिका–४ मालुखोला बजारमा बस्तिमाथीबाट आएको बाढीले मालुखोला बजारका घरहरुमा क्षति पु¥याएको हो । बाढीले ४ वटा पसल पुरेको छ भने बेसीका करिब दर्जन घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कर्यालय दोलखाले जनाएको छ ।

अहिले सुरक्षाकर्मीको सक्रियतामा बाढीका कारण विस्थापीत बन्न पुगेका स्थानियको उद्धार र जोखिम युक्त स्थानमा रहेका घर भित्रका सामान सार्ने काम भैरहेको छ । बाढीकोकारण थप क्षतिहुनबाट जोगाउन जोखिममा रहेका स्थानियहरुलाई सुरक्षित स्थानमा सार्न लागिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । यसैगरी बाढीले क्षति पुर्‍याएपछि पुष्पलाल राजमार्गको मालुखोला क्षेत्रमा यातायात अवरुद्ध बनेको छ भने तामाकोसी, मेलुङलगायत क्षेत्रमा उत्पादन भएको विद्युत प्रराण गर्न निमार्ण गरिएको ११ केभीको विद्युत् प्रसारण लाइनमा क्षति पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);