हेलम्बुमा बाढीले बगायो वडा कार्यालय, इलाका प्रहरी कार्यालय र विद्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

हेलम्बुमा बाढीले बगायो वडा कार्यालय, इलाका प्रहरी कार्यालय र विद्यालय

सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय, इलाका प्रहरी कार्र्यालय भवन र विद्यालय भवन बगाएको छ ।

असार १ गते मंगलबार रातिबाट आएको बाढीको कटानमा परेका यी भवनहरु शुक्रबार राति बाढीले बगाएको गाउँपालिकाले जनाएको छ ।

बाढीले बगाएको साढे दुई तल्ले इलाका प्रहरी कार्यालय भवन पाँच महिना अगाडि मात्र उद्घाटन गरिएको थियो ।

त्यसैगरी हेलम्बु गाउँपालिका–४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन बगाएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु र मेचम्ची बजारमा बाढीले धेरै क्षति पु¥याएको छ । कयौं घरहरुमा क्षति पु-याएको छ भने सयौं परिवार विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);