बाजुरा सदरमुकाम मार्तडीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाजुरा सदरमुकाम मार्तडीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली

बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले गरेको आन्दोलन र कार्यालयमा तालबन्दीपछि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो ।

दैनिक ६ देखि १० घण्टा लोडसेडिङ खेप्दै आएका सदरमुकामबासी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि खुसी भएका छन् । मार्तडी बजारसहित आसपासका क्षेत्र समेत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत प्राधिकण वितरण केन्द्र बाजुराका प्रमुख ललितकुमार मण्डलले बताए । ७ माघदेखि जडान सुरु गरिएको लाइन १० माघ साँझबाट नियमित विद्युत दिन थालेको मण्डलले बताए । 

२०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर संचालन गर्दै आएको थियो । दुई सय किलोवाट उत्पादन क्षमताको विद्युतले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो लोडसेडिङ गर्दै आएको थियो ।

मण्डलका अनुसार मार्तडीलाई लक्षित गरेर सोमबारबाट पहिलो पटक ११ हजार भोल्टेजको लाइन जडान गरिएको छ । बाजुरामा सबस्टेशन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा दिने र सबस्टेशन निर्माणपछि ३३ केभीको लाइन दिन सकिने वितरण उनले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);