कपिलवस्तुसंग जोडिएको नेपाल-भारत सिमा नाका शुक्रबार बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कपिलवस्तुसंग जोडिएको नेपाल-भारत सिमा नाका शुक्रबार बन्द हुने

kapilbastu sima naka

कपिलबस्तु, २६ बैशाख । भारतको उत्तर प्रदेश सिद्धार्थनगरमा हुने लोकसभा निर्वाचनलाई लिएर कपिलवस्तुसंग जोडिएको नेपाल भारत सिमा नाका शुक्रबार बन्द हुने भएको छ । भारतको उत्तर प्रदेशमा लोकसभा निर्वाचनको मतदान हुने भएपछि शुक्रबार बिहान ७ बजेदेखि २९ गते आइतबार बेलुका ५ बजेसम्म मर्यादपुर, चाकर चौडा र कृण्णानगरमा भारतीय पक्षले सिमा नाका बन्द गर्न लागेको हो ।

भारतीय सिमा सुरक्षा बलको टोलीले र सिमा शुल्क जांच चौकीले नेपाल आउने र भारततर्फ जाने सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाउन आदेश दिएको छ । । आफुहरुले सिमामा सामुहिक प्रबेशमा रोक लगाएर कडा निगरानी गरेको जनाउँदै आवत जावतमा पुर्ण प्रतिबन्ध लगाईदैछ । सिमा बन्द गर्ने विषयमा केन्द्र सरकारकोे निर्देशन रहेको सिमा नाका सिल भारतले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);