२३ नेपाली चेलीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२३ नेपाली चेलीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइयो

झापा, २६, वैशाख । बैदेशिक रोजगारका लागि अवैध बाटो प्रयोग गरी गएका २३ नेपाली चेलीलाई भारतको मिजोरमबाट उद्धार गरी नेपाल ल्याईएको छ । उद्धार गरिएका महिलाहरुलाई पूर्वी नाका हुँदै बिहिवार नेपाल ल्याइएको हो ।

दलालको माध्यमबाट बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएका ती महिलालाई मिजोरमको चम्फी भन्ने स्थानबाट भारतीय संस्था र मिजोरम पुलिसले ६ दिनअघि स्थानीय नेपाली भाषीको सुराकीका आधारमा उद्धार गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

नाकालाई माध्यम बनाएर दक्षिणपूर्वी एसियाली मुलुक लैजान तयारी भइरहेको समयमा एजेन्ट लालबहादुरलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको मिजोरम पुलिसले जनाएको छ । पछिल्लो घटनापछि मणिपुरको मोरे सीमानामा गरिएको कडाईका कारण दलालले अर्को रुट प्रयोग गरेको देखिएको छ ।

उद्धार गरिएका २३ जनालाई चार दिन लगाएर बसमार्फत बिहीबार काँकडभिट्टा नाका हुँदै नेपाल ल्याएर माईती नेपालको पुनस्र्थापना गृहमा राखिएको छ । उनीहरुलाई केही समय काँकडभिट्टामा रहेको माइती नेपालको सुरक्षित गृहमा राखिने छ ।

त्यसपछि काठमाडौं पठाइ परिवार र काममा पुनःस्थापित गर्ने तयारी गरिएको छ । उद्धार हुनेमा झापासहित नेपालका विभिन्न जिल्लाका २० देखि ४५ वर्ष उमेर समूहका महिला रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);