इराक लैजान लागिएका १४७ जना महिला र ३२ जना पुरुष नेपालीको भारतबाट उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

इराक लैजान लागिएका १४७ जना महिला र ३२ जना पुरुष नेपालीको भारतबाट उद्धार

uddar

काठमाडौं, ८ फागुन । म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२ जना पुरुषको उद्धार भएको हो ।

पाँचवटा भारतीय बसमा राखेर मंगलबार बिहान उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्काइएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

काँकडभिट्टास्थित मेची भन्सार कार्यालय परिसरबाट उनीहरुलाई नेपालकै ६ वटा वसमा हालेर काठमाडौँ पठाइएको छ ।

उनीहरुको सुरक्षा तथा निगरानीका लागि ती बसहरुमा माइती नेपालका कर्मचारी र प्रहरी पनि छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);