भारतबाट आएका एक प्रतिशतमा मात्रै कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतबाट आएका एक प्रतिशतमा मात्रै कोरोना

धनगढी । भारतबाट सुदूरपश्चिमको गौरीफण्टा नाका हुँदै नेपाल भित्रिने मध्ये एक प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । गौरीफण्टा नाका हुँदै नेपाल प्रवेश गर्ने नेपाली तथा भारतीय नागरिकको सीमामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा एक प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

१ देखि १२ असोजसम्म नेपाल भित्रिएका मध्ये हरेक दिन एक प्रतिशतमा मात्रै कोरोना पुष्टि भएको परीक्षणमा संलग्न स्वास्थ्यकर्मीहरूले जनाएका छन् । असोजअघि गौरीफण्टा नाका हुँदै नेपाल आउने नागरिकमा दुईदेदेखि पाँच प्रतिशतसम्म संक्रमण हुने गरेको उनीहरूको भनाइ छ । तर असोज लागेपछि संक्रमणदर घटेको छ । गौरीफण्टा नाकामा स्वास्थय परीक्षण गर्ने स्वास्थ्यकर्मीहरूका अनुसार १२ असोजसम्ममा पाँच हजार एक सय ७५ जना नेपाल भित्रिएका छन् । उनीहरू सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

उनका अनुसार १ असोजयता भारतबाट तीन हजार एक सय ९३ जना पुरुष, एक हजार एक सय ७७ जना महिला र आठ सय पाँच जना बालबालिका नेपाल भित्रिएका छन् । यसरी भित्रिएका मध्ये ३९ जना पुरुष, १३ जना महिला र एक जना बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य इन्चार्ज ठकुल्लाको भनाइ छ । 

भारत जाने भन्दा नेपाल आउने बढी
पछिल्लो समय भारतबाट नेपाल आउने नेपाली बढ्न थालेका छन् । रोजगारीका लागि भारत गएका नेपाली चाडबाड नजिकिँदै गर्दा स्वदेश फिर्ता हुने क्रम बढेको छ। कञ्चनपुरस्थित गौरीफण्टा नाकामा नेपाल आउनेको तथ्यांक राख्दै आएको सशस्त्र प्रहरीका अनुसार पछिल्लो सयम भारत जानेभन्दा नेपाल आउने बढी हुने गरेका छन् । 

पछिल्लो तीन दिनमा भारतबाट एक हजार नौ सय ९३ जना नेपाली गौरीफण्टा नाका हुँदै नेपाल भित्रिएका छन् । तीन दिनमा भारत जाने नेपाली एक हजार ९९ जना रहेको सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भुपेन्द्र सिंह खत्रीले बताए । ‘दशैँ नजिकिदै जाँदा भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेको छ,’ खत्रीले भने, ‘अहिले भारत जानेको संख्या घट्दै आएको छ ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);