नेपालमा कोरोना बढ्दै, के गर्दैछ सरकार ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालमा कोरोना बढ्दै, के गर्दैछ सरकार !

काठमाडौं, १७ चैत्र । पछिल्ला केही दिन यता नेपालमा फेरी कोरोना संक्रमण बढ्दै गइरहेको छ । संक्रमण बढ्न थालेपछि सरकारले सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिन थालेको छ । सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेरी मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउन विभिन्न सञ्चार माध्यमबाट सचेतना फैलाइएको जानकारी दिन थालेको छ । कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका, दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएका या बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएका ५५ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई कोरोना संक्रमणबाट बचाउने उद्देश्यले पुनः बुस्टर मात्रा दिने मन्त्रालयको कार्यक्रम रहेको छ ।

कुल ९ सय १५ जनाको नमुना परीक्षण गर्दा गत २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट ५ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);