आज हिमाली र पहाडी भेगमा वर्षा र हिमपात | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज हिमाली र पहाडी भेगमा वर्षा र हिमपात

काठमाडौं, १७ चैत्र । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन ÷चट्याङ्ग÷हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखााक अनुसार उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);