मुगुमा शनिवारदेखि एक हप्ता विद्युत अवरुद्ब | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मुगुमा शनिवारदेखि एक हप्ता विद्युत अवरुद्ब

bidhut

मुगु । मुगुमा आगमी शनिवारदेखि एक हप्तासम्म विद्युत बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाड जलविद्युत आयोजनाको बालैमा रहेको इन्टेकमा समस्या भएको हुँदा मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँमा १२ चैत विहान ८ बजेदेखि १९ चैतसम्म विद्युत सेवा अवरुद्ध हुने भएकाे छ ।

नेपाल विद्युत प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका प्रमुख दिनेश पौड्यालले यसबाट पर्ने असुविधाप्रति प्राधिकरण क्षमा चाहने बताए । 

यहाँका ग्राहकले यसअघि पनि पटक पटक विद्युत सेवामा समस्या झैल्दै आइरहेका छन् । मेसिनले राम्राे काम नगर्नु कहिले पानीकाे मुहानमा समस्या देखिनु जस्ता पीडा भोग्दै आइरहेका छन् । यस्तो सास्ती खेपिरहदा यहाँका राजनितिक दल, स्थानीय तहलगायत निकायले पहलकदमी नरहेको स्थानीयकाे आराेप छ ।  

जिल्लाका करिब १० हजार घरधुरीलाई लक्षित गरी गमगाढ साना जलविद्युत आयोजना स्थापना भएकाे हाे । सदरमुकाम गमगढी बजारसहित अन्य बस्तीमा विद्युत सेवा समस्या आइरहदा मोबाइल चार्ज गर्न समेत समस्या हुने गरेकाे हुम्लाको सर्केगाड गाउपालिका-१ का नरजंग बमले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);