ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु 

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा गएराती ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक मकवानपुरकै राक्सिराङ गाँउपालिका–८ का २८ वर्षीय सागर स्याङतान रहेका छन् । 

गएराती २ बजे हेटौडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर स्थानिय राप्तिखोलामा खसेको थियो ।काठको पुल भाँचिएर ट्रयाक्टर खोलामा खस्दा चालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरमा सवार स्थानिय १६ वर्षीय बिशाल बल भने सकुशल रहेको ईलाका प्रहरी कार्यालय ज्यामिरेले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);