बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ । बझाङको बुङगल नगरपालिका–३ जुगेपानीमा शनिबार साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चालक स्थानीय ३८ वर्षीय जय बहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका ट्रयाक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्क बहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको छ । शनिबार साँझ ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट बिजगाडाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);