रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गएराती ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  ट्रयाक्टर चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);