तिनाउ पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तिनाउ पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराती जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । 

गएराती पौने १२ बजे बा१९च ९१५७ नम्बरको जिपले लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगतै फरार भएका जिप चालकको खोजी भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);